काठमाडौं उपत्यकाका सडकमा बढ्यो सवारी चाप

काठमाडौं उपत्यकाका सडकमा बढ्यो सवारी चाप

कहिरन समाचार

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले कोटेश्वर, त्रिपुरेश्वर र लैनचौर हुँदै चल्ने सवारी साधन चापमा चलिरहेको जनाएको छ । जडिबुटीबाट कोटेश्वरतर्फ आउने, भद्रकालीबाट सुन्धारा हुँदै त्रिपुरेश्वरतर्फ जाने र सोह्रखुट्टेबाट लैनचौर आउने सवारी साधन चापमा चलिरहेको छ ।

उपत्यकाका अन्य चोकहरू ग्वार्को, सातदोबाटो, गौशाला, चावहिल, मित्रपार्क, नारायणगोपालचोक, बालाजु, नयाँबानेश्वर, थापाथली, कालीमाटी र पुतलीसडकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्नेछ ।

खानेपानीको पाइप मर्मतको कार्य भइरहेका कारण महाराजगञ्ज शीतल निवास नजिकैको बाटो हुँदै सामाखुशीतर्फ जाने सवारी साधन चल्न सकेका छैनन् । आउने सवारी साधन भने सहजै आइरहेका छन् ।

बाटो मर्मतको विषयलाई लिएर स्थानीयले विरोध गरेका कारण उना थसी–चाल्नाखेल सडकखण्ड हुँदै चल्ने सवारी साधनलाई बैकल्पिक मार्गबाट चलाइएको छ ।