गुणस्तरहीन स्यानिटाइजर फिर्ता गर्न विभागको निर्देशन

गुणस्तरहीन स्यानिटाइजर फिर्ता गर्न विभागको निर्देशन

कहिरन समाचार

ग्लोवल हेल्थ केयरले उत्पादन गरेको सीएचसी ह्याण्ड सेनिटाइजर गुणस्तरहीन पाइएको भन्दै औषधि व्यवस्था विभागले उक्त स्यानिटाइजर बजारबाट फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको छ ।

विभागले उक्त स्यानिटाइजर विक्रि वितरण नगर्न  पनि वितरकहरुलाई अग्रह गरेको छ । यसअघि निर्वाचन आयोगले पनि मतदान केन्द्रमा उक्त स्यानिटाइजर पठाइएकोमा  गुणस्तरहीन भएपछि  प्रयोग नगर्न  मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमएस पठाएको थियो ।

औषधि व्यवस्अथा विभागका अनुसार ल्याब टेष्ट गर्दा उक्त स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको हो । स्यानिटाइजरमा हुनुपर्ने न्यूनतम गुण नपाइएको र त्यसले अन्य समस्या निम्त्याउन सक्ने भन्दै विभागले उक्त स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ ।