करिष्माले रेखाका लागि भोटको अपिल

करिष्माले रेखाका लागि भोटको अपिल

कहिरन समाचार

अभिनेत्री करिष्मा मानन्धरले अभिनेत्री रेखाका लागि भोटको अपिल गरेकी छिन् । मोरङ– ३ बाट राप्रपा उम्मेदवार बनेकी रेखा यसपटक अत्यधिक चर्चित बनेकी छिन् ।

करिष्माले आफ्नो सामाजिक सञ्जालमार्फत् रेखाका लागि भोटको अपिल गरेकी छिन् । उनले लेखेकी छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् ।  यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौँ लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । ’

उनी थप्छिन्, ‘यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ जिल्लालाई आग्रह गर्दछु ।’

करिष्माजस्तै चलचित्र क्षेत्रका अन्य कलाकारले पनि रेखाका लागि भोट मागिरहेका छन् ।