राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठ पूजा

राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठ पूजा

कहिरन समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले  छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेकी छन् । आइतबार काठमाडौंको कमलपोखरी पुगेर राष्ट्रपति भण्डारीले पूजा अर्चना गरेकी हुन् ।

सोही अवसरमा सर्वसाधारणले पनि छठ पर्वको अवसरमा  सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेका छन् । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ ।