जापानमा आतंक मच्चाउने बाँदरलाई गोली हान्न थालियो

जापानमा आतंक मच्चाउने बाँदरलाई गोली हान्न थालियो

कहिरन समाचार

साउन १२, एजेन्सी । जापानमा बाँदरले आतंक मच्चाएको छ । जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोह माथि गोली प्रहार गर्न थालिएको छ । बाँदरको समूहले झण्डै ५० जनालाई घाइते बनाएको थियो ।

करिब ३ साताअघि वयस्क र बालबालिकामाथि आक्रमण सुरु भएदेखि अधिकारीहरूले बाँदरको शिकार गरिरहेका छन् । बाँदरले हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेका छन् ।

‘प्रत्यक्षदर्शीहरुले विभिन्न आकारका बाँदरले हमला गरेको बताएका छन् । नयाँ आक्रमणको रिपोर्टहरू पाइरहेका छौं’ कृषि मन्त्रालयका एक अधिकारीको भनाइ उदृत गर्दै एएफपीले जनाएको छ ।

सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ ।