आगामी प्रतिनिधिसभा चुनावका लागि चार लाख २१ हजार नयाँ मतदाता थपिए

आगामी प्रतिनिधिसभा चुनावका लागि चार लाख २१ हजार नयाँ मतदाता थपिए

कहिरन समाचार

काठमाडौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजसम्म चार लाख २१ हजार नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको चुनावी परिणामपछि निर्वाचन आयोगले संकलन गरेको नयाँ मतादातामा आजसम्म ४ लाख २१ हजार नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार चुनावको मिति घोषणा हुने वित्तिकै मतदाता नामावली संकलनको काम बन्द हुनेछ । आयोगले राजनीतिक दलको सदस्यता बितरण र अद्यावधिक गर्ने सम्बधनमा भईरहेका टिकाटिप्पणी प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएकोे छ ।

केही दिनयता विभिन्न आम सञ्चार माध्यमबाट सार्वजनिक रूपमा समेत राजनीतिक दलको सदस्यता वितरणका सम्बन्धमा विभिन्न टीकाटिप्पणी, बहस, छलफल, जिज्ञासा, चासो र चिन्ता व्यक्त भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगका प्रबक्ता शालिग्राम शर्मा पौड्यालले दलको सदस्यताका लागि योग्य भए नभएको एकिन गर्ने जिम्मेवारी स्वयं राजनीतिक दलकै भएको बताएका हुन् ।