उपराष्ट्रपति पुनले बिरामी भएका शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट

उपराष्ट्रपति पुनले बिरामी भएका शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट

कहिरन समाचार

उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट गरेका छन् ।

शनिबार विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

उनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, उपराष्ट्रपति पुनले जोशीलाई भने ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’

शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् ।