भोलि नेपाल आउँदै अमेरिकी सहायकमन्त्री केनेडी ट्रुडो

भोलि नेपाल आउँदै अमेरिकी सहायकमन्त्री केनेडी ट्रुडो

कहिरन समाचार

अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधवार नेपाल आउने भएकी छिन् । उनी नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदानप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम छ । यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका बिषयक कार्यक्रममा पनि उनको सहभागिता रहने विज्ञप्तिमा जनाइएको छ ।