मनास्लु हिमपहिरोमा परेका १ जनाको मृत्यु

मनास्लु हिमपहिरोमा परेका १ जनाको मृत्यु

कहिरन समाचार

गोरखाको मनास्लुमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ । सोमबार हिमपहिरोमा परेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । मृतक पुरुष हुन्, उनको पहिचान खुलेको छैन ।

चुनमुब्री गाउँपालिका–१ स्थित मनास्लुमा हिमपहिरो जाँदा घाइते भएका १० जनाको उद्दार गरिएको छ । हेलिकप्टरबाट ७ जनालाई उद्दार गरेर काठमाडौंमा पठाइएको एसपी खनालले जानकारी दिए । सोमबार काठमाडौं ल्याइएका दोलखाका ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभा घर भएका २० वर्षीय सुकु बहादुर तामाङ लाई कपनस्थित करुणा अस्पतालले डिस्चार्ज गरेको छ ।

मंगलबार बिहान निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ र संखुवासभा घर भएका मोहन सिंह तामाङलाई उद्दार गरेर कपनको करुणा अस्पतालमा भर्ना गरिएको छ । हिमपहिरोमा फसेका दुईजना निमा शेर्पा र फुर्वे शेर्पा हिँडेर आउँदै गरेको एसपी खनालले बताए ।