जापानका लागि उडेको जहाजमा धुवाँ देखिएपछि काठमाडौं फर्कियो

जापानका लागि उडेको जहाजमा धुवाँ देखिएपछि काठमाडौं फर्कियो

कहिरन समाचार

जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ ।

कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाजमा समस्या आएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।