राष्ट्रपति भण्डारी द्वारा ५ वटा विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारी द्वारा ५ वटा विधेयक प्रमाणीकरण

कहिरन समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।यस्तै स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले यसअघि नै प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक भने प्रमाणीकरण गरेकी छैनन् । सो विधेयकबारे राष्ट्रपतिले निरन्तर परामर्श गर्दै आएकी छन् ।