लघुवित्त पीडितहरू पोको पुन्तुरो बोकेर फेरि काठमाडौंमा

लघुवित्त पीडितहरू पोको पुन्तुरो बोकेर फेरि काठमाडौंमा


काठमाडौँ । देशभरका लघुवित्त पीडितहरू पोको पुन्तुरो बोकेर फेरि काठमाडौं आइपुगेका छन् । एक हप्ता लगाएर एक हजारभन्दा बढी पीडितहरु मुग्लिनबाट काठमाडौं प्रवेश गरेका हुन् ।

मुग्लिनबाट हिँडेका उनीहरु छ दिन पैदलयात्रापछि हिजो साँझ थानकोट स्थित त्रिभुवन पार्कमा आएर बसेका थिए । आज उनिहरु थानकोटबाट प्रर्शशन ¥याली गर्दै कलङ्की हुदै तीनकुने पुगेका छन् । भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले बताए ।

ज्ञवालीकाअनुसार पीडितहरूले भोलिदेखि नियमित रूपमा शान्तिपूर्ण आन्दोलन गर्नेछन् ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले भने आन्दोलनका पछाडी व्यक्तिगत र राजनीतिक स्वार्थ रहेको प्रतिक्रिया दिएका छन् । उनले अरुको उक्साहटमा नलागि लघुवित्तसँगको छलफलमा आउन लघुवित्त पीडितहरुलाई आग्रह गरेका छन् ।

गाउँगाउँमा पुगेर स्वार्थ समुहले काठमाडौं आन्दोलनमा गए पैसा तिर्नु पर्दैन भन्ने भ्रम फैलाएर आन्दोलनमा मान्छे बोलाएको आरोप संघको छ । यसअघि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले पटक पटक पैसा तिर्न नपर्ने भ्रममा नपर्न आग्रह गर्दै आएको छ । तर, एक समुह भने लघुवित्तले उठिबास लगाएको भन्दै आन्दोलनमा होमिएको छ ।