वन्यजन्तु संरक्षणमा समेत भ्रष्टाचार

वन्यजन्तु संरक्षणमा समेत भ्रष्टाचार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संरक्षण गर्दागर्दै बढेका बन्यजन्तुका कारण देखिएको चुनौति व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिएका छन् । आज ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनमा उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन नै मुख्य चुनौती भएको बताए ।

न्यायाधीश समाज नेपालकी अध्यक्ष एवं सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले बन्यजन्तु संरक्षणमा पनि भ्रष्टाचार हुने गरेको कुरालाई नर्कान नसकिने बताइन् । निजगढ विमानस्थल निर्माणमा अदालतले दिएको आदेशतर्फ संकेत गदै उनले बन्यजन्तुको मात्र होइन प्रकृतीकै संरक्षणमा अदालतले जोड दिने गरेको सुनाइन् ।

बिकास निरन्तर चलिरहने प्रकृया भएको तर न्यायापालिका प्रकृतीको नियमभन्दा फरक नभएको बताइन् । त्यसक्रममा उनले ढुङ्गा गिट्टी बालुवालगायतका स्रोतको दोहन हुनु पनि प्रकृतीको संरक्षण हुन नसक्नु हो, भनिन् । पशुपक्षिलाई बलि दिने चलनमा पनि अदालतले रोक लगाएको उल्लेख गरिन् ।

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले भने राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेर भौतिक संरचना बनाइँदासमेत सरकारले कारबाही गर्न नसकेको बताए । मन्त्री महतोले जंगल अतिक्रमण गरी भौतिक संरचना विस्तार भइरहँदा समेत सरकार मुकदर्शक बनेको बताए । उनले कोशी प्रदेशमा निकुञ्जभित्र भौतिक संरचना बनाइँदा समेत सरकारले भत्काउन नसकेको दावी गरे ।