बेलायतकी महारानी एलिजावेथ निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने

बेलायतकी महारानी एलिजावेथ निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने

कहिरन समाचार

बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको हो ।

उनको निधनमा सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ । महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय भएको जनाइएको छ । नेपालका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।