मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूतावास अगाडि  प्रदर्शन

मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूतावास अगाडि  प्रदर्शन

कहिरन

मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूतावास अगाडि  प्रदर्शन गरेको छ ।

नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानवअधिकारकर्मीहरूले  सोमबार दिउँसो प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना शर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरेका छन् ।

प्रदर्शनमा उनीहरूले रसिया: स्टप वार प्रोमोट पिस, ७१२ डेज अफ वार : नोथिङ अचिभ्ड एक्सेप्ट डिभास्टेशन’, ७१२ डेज अफ वार : गेइन्ड नथिङ, लस्ट मेनि थिङ्गस लगायतका प्लेकार्डहरु देखाएका थिए ।