नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न समिति गठन

नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न समिति गठन


काठमाडौँ । सरकारले नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा धितोपत्र बजार सञ्चालन गर्ने संगठित क्षेत्रसम्बन्धी अध्ययन समिति गठन गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । समितिलाई ४५ दिनको समयावधि दिइएको छ ।

यस्तै, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को निर्वाचन विवादको छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय पनि भएको सञ्चार तथा सूचना मन्त्रीसमेत रहेकी शर्माले बताइन् ।

निर्वाचनलगायतका सबै विवादलाई समाधान गर्न अध्ययन गर्ने कार्यादेश दिइएको समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देश गरिएको छ ।