वैदेशिक रोजगारीका लागि पुस महिनामा १८७ जना नेपाली बेलायत गए

वैदेशिक रोजगारीका लागि पुस महिनामा १८७ जना नेपाली बेलायत गए

कहिरन

वैदेशिक रोजगारीका लागि पुस महिनामा १८७ जना नेपाली बेलायत गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार बेलायत जानका लागि १८७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।

जसमा ११५ जना पुरुष र ७२ जना महिला रहेका छन् । १८४ जना व्यक्तिगत श्रम स्वीकृति मार्फत गएका हुन् भने ३ जना मेनपावर व्यवसायीमार्फत गएका हुन् ।

यसअघि मंसिरमा २१३ जनाले बेलायतका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । जसमा १२२ जना पुरुष र १०९ जना महिला थिए । ती सबै व्यक्तिगत श्रम स्वीकृति मार्फत बेलायत गएका थिए ।