ललितकला प्रतिष्ठानले ‘हिमालयको रहस्य २०८०’ कला प्रदर्शनी गर्ने

ललितकला प्रतिष्ठानले ‘हिमालयको रहस्य २०८०’ कला प्रदर्शनी गर्ने


काठमाडौँ । जलवायु परिवर्तन, कार्बन उत्सर्जन, औद्योगिकरणलगायतका कारण हिमालय क्षेत्र प्रभावित भइरहेको अवस्थामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विश्व समुदायलाई सचेत गराउने उद्देश्यले ‘हिमालयको रहस्य २०८०’ कला प्रदर्शनी आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ओजन तहमा असर पर्दा हिमाली क्षेत्र दूषित भएकाले सो सम्बन्धमा कलामार्फत सचेत गराउन कला प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिए । उनले कलामार्फत जनजागरण ल्याउने उद्देश्यले पहिलोपटक हिमाल केन्द्रित चित्र सिर्जना गर्न लागिएको बताए ।

कलाकारलाई आगामी माघ ५ गतेभित्र प्रदर्शनीमा सहभागिताका लागि आफ्ना सिर्जना बुझाउन आह्वान गरिएको र माघभित्रै ती चित्रकला प्रदर्शनी गरिने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले बताए ।