रामबहादुर बम्जनको साथबाट बरामद नगद सार्वजनिक

रामबहादुर बम्जनको साथबाट बरामद नगद सार्वजनिक

कहिरन

आफूलाई लिटिल बुद्धको रुपमा चिनाउने तपस्वी रामबहादुर बम्जनको साथबाट बरामद नगद सार्वजनिक गरिएको छ ।  बुधबार बम्जनलाई सार्वजनिक गर्नुअघि सीआईबीले उनको साथबाट बरामद नगद सार्वजनिक गरेको हो ।

प्रहरीले चाङ लगाएर बरामद रकम सार्वजनिक गर्दा नेपालीसहित विभिन्न देशका मुद्रा देखिन्थे ।

विभिन्न १७ देशका मुद्रा गरी उनको साथबाट ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बराबदरको नगद बरामद भएको सीआईबीले जनाएको छ ।

उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट मंगलबार साँझ पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीमाथि बाल यौन शोषणको आरोप छ ।