रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक

रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक


काठमाडौँ । सरकारले युद्धग्रस्त मुलुकमा तत्कालका लागि श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति रोकेको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्युनीकरण गर्न अर्को व्यवस्था नभएसम्म रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगित गरिएको विभागले आज सूचना प्रकाशित गरि जनाएको छ ।

रुस र युक्रेनबीच जारी युद्धमा परेर १० नेपाली नागरिकको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरु सबै रुसी सेनामा भर्ती भएकाहरु छन् । यस विषयमा अध्ययन तथा छानविन समेत भइरहेको विभागको प्रशासन, योजना तथा संस्था दर्ता शाखाका निर्देशक कविराज उप्रेतीले बताए ।