भारतीय स्थल सेनाध्यक्ष पशुपतिमा

भारतीय स्थल सेनाध्यक्ष पशुपतिमा

कहिरन समाचार

नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे मंगलबार साँझ पशुपतिनाथ मन्दिर पुगेका छन् । पाण्डेले मन्दिरमा करिब १ घण्टा पूजा अर्चना गरेका छन् ।

यसअघि मंगलबार नै पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गरिएको थियो ।