इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्ली भ्रमण नगर्न आग्रह

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्ली भ्रमण नगर्न आग्रह


एजेन्सी । इजरायलले आफ्ना नागरिकलाई भारतको नयाँ दिल्ली भ्रमणमा नजान आग्रह गरेको छ । नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिकै मंगलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले आफ्ना नागरिकलाई विशेपगरी भारतको नयाँ दिल्लीमा नजान ट्राभल एड्भाइजरी जारी गरेको छ ।

दिल्ली प्रहरीलाई मंगलबार आएको फोनमा मंगलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो । विस्फोटपछि दूतावास नजिकै इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ ।

भारतका लागि इजरायली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको मंगलबार बताएका थिए ।

इजरायली राष्ट्रिय सुरक्षा परिषद्ले बम विस्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ । भारतमा बसोबास गर्ने इजरायलीहरूलाई परिषद्ले सल्लाह दिँदै भनेको छ, ‘भिड हुने स्थान ९मल, बजार० तथा पश्चिमी(यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नुहोला ।’

परिषद्ले इजरायलीहरूलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ ।