इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न इन्जिनियरिङ एसोसिएसनको माग

इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न इन्जिनियरिङ एसोसिएसनको माग

कहिरन

इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न नेपाल इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ । निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न आइतबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सरकारसँग माग गरेको हो ।

सरोकारवाला निकायहरूसँगको चरणवद्द छलफल र अनलाइन सर्भेबाट प्राप्त सुझावका आधारमा  न्यूनतम ३७,१३५ पारिश्रमिक हुनुपर्ने एसोसिएसनले जनाएको छ ।

न्यूनतम पारिश्रमिक तय नहुँदा शोषणमा परेका इन्जिनियरहरू विदेश पलायन हुने भन्दै एसोसियसनका अध्यक्ष हरि बहादुर दर्लामीले दक्ष जनशक्तिको पलायनलाई न्यूनीकरण गर्न पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने तर्क गरे ।

एसोसिएसनको माग पत्रमा निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । देशमा हाल करिब ८० हजार इञ्जिनियरहरू काममा छन् । जसमध्ये ७० प्रतिशतभन्दा बढी नीजि क्षेत्रमा कार्यरत रहेको एसोसियसनले जनाएको छ ।