युवा संघको टोलि चितवन बाट हेटौंडा तर्फ

युवा संघको टोलि चितवन बाट हेटौंडा तर्फ

कहिरन समाचार

युवा संघ नेपालद्वारा आयोजित महाकाली मेची युवा जागरण अभियान सातौ दिन चितवन बाट हेटौंडा तर्फ लागेको छ । भाद्र १५ देखि सुरु भएको अभियानको नेतृत्व संघका अध्यक्ष नरेश शाहीले गरि रहेको छ।

अभियानमा नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सन्देश मूलक पर्चा समेत वितरण र जिल्लाका विभिन्न सहरहरुमा सभा गर्दै हिडिरहेको छ ।

टोली आजै हेटौंडा हुँदै मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा पुग्ने कार्यक्रम रहेको युवा संघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले बताउनु भयो ।

‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको छ । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ ।

‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघका अध्यक्ष नरेश शाहीले अभियानको नेतृत्व गर्नुभएको छ ।

भाद्र १५ गते महाकाली नदीमा स्नान गरेर सुरु गरिएको युवा जागरण अभियान भाद्र २३ गते मेची नदीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।