ललितपुरमा अभियन्ता ई: को आन्दोलनमा स्थानीयको अवरोध

ललितपुरमा अभियन्ता ई: को आन्दोलनमा स्थानीयको अवरोध


काठमाडौँ । फुटपाथ व्यवसायीलाई व्यापार गर्ने अवसर दिनुपर्ने भन्दै ललितपुर महानगरपालिका कार्यालय बाहिर उभिएका अभियन्ता ई: (ईसान अधिकारी) लाई स्थानीय वासिन्दाले अवरोध गरेका छन् ।

महानगरले ललितपुरको लगनखेलदेखि मंगलबजारसम्मको सडकमा फुटपाथ व्यापार गर्न नपाइनृे व्यवस्था गरेपछि त्यहाँ व्यापार गरेर जीविका चलाएका साना व्यवसायीको रोजीरोटीमै समस्या परेको भन्दै अभियन्ता ईस् ले मंगलबार १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

मंगलबार अपरान्ह ईस् महानगरपालिकाबाहिर उभिन जाँदा उभिन सुरु भएको पाँच मिनेटमै पाटनका स्थानीय बासिन्दाले अवरोध गरेका हुन् । स्थानीयले ‘सम्पदा मास्न पाइँदैन, फुटपाथमा व्यापार चाहिँदैन’ भन्दै नाराबाजी गरेर ईःले राखेको आन्दोलनको गरेका थिए ।

ईस् को अभियानमा सहभागीहरुलाई प्रहरीको सुरक्षा घेरामा राखिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार अहिले अभियन्ता ईःलाई पुल्चोकस्थित प्रहरी कार्यालयमा राखिएको छ भने बाहिर स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

‘स्थिति तनावग्रस्त हुने भएपछि फुटपाथमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्ने अभियन्तालाई हामीले प्रहरीचौकीमा राखेका छौं, बाहिर आन्दोलन चलिरहेकै छ,’ उनले भने ।