आयल निगमको निर्देशक पदबाट थानीले दिए राजीनामा

आयल निगमको निर्देशक पदबाट थानीले दिए राजीनामा


काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले राजीनामा दिएका छन् । आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर उनले भोलिबाट लागूहुने गरी राजीनामापत्र बुझाएका हुन् ।

थानीले राजिनामाको कारण भने खुलाउनु भएको छैन । तर आफूसँगको भेटमा भने व्यक्तीगत कारण भन्नुभएको मन्त्री रिजालले जानकारी दिए । उनको राजीनामा भोलि सनाखत गराएर स्वीकृत गर्ने मन्त्री रिजालले बताए ।

तीन वर्षका लागि नियुक्त भएका उनले २१ महिनामै कार्यकाल सकिनु १५ महिना अगाबै पदबाट राजीनामा दिएका हुन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।

थानीको नेतृत्व भएको बेलामा नेपाल आयल निगम ऋणमुक्त भएको छ । सकृय राजनीतिमा जानको लागि राजीनामा दिएको हुन सक्ने निगम स्रोतले जनाएको छ । उनी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्षसमेत रहेका छन् ।