सिरिज क्लिन स्विप गर्ने नेपालको योजना

सिरिज क्लिन स्विप गर्ने नेपालको योजना

कहिरन समाचार

केन्या भ्रमणमा रहेको नेपालले सोमवार घरेलु टोलीबिरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो १२ः४५ बजे केन्याको सामना गर्नेछ ।

केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनाका साथ उत्रिनेछ । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । नेपालले यस अघि केन्याबिरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।