ठेकेदारको लापरवाहीले हुम्लामा खाद्यान्न अभाव

ठेकेदारको लापरवाहीले हुम्लामा खाद्यान्न अभाव


काठमाडौं । हुम्लामा खाद्यान्न अभाव भएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापारबाहीका कारण हुम्ला खाद्यान्न अभाव भएको हो ।

लिमिटेडको सिमकोट शाखामा दुई महिना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ । हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा गोदाम रित्तिएको छ ।

स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखा प्रमुख कृष्ण अधिकारीले बताए । भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए चामल वितरण गर्न नसकिने अवस्था रहेको अधिकारीले बताए ।

सिम्रिक एयरले चामल ढुवानी नगर्दा नेपागलञ्ज र सुर्खेतमै थन्किएका छन् ।