समस्या देखिएपछि मुस्ताङ उडेको जहाज फर्कियो पोखरा विमानस्थलमै

समस्या देखिएपछि मुस्ताङ उडेको जहाज फर्कियो पोखरा विमानस्थलमै

कहिरन समाचार

जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि मुस्ताङ उडेको समिट एयरको जहाज पुन: पोखरा विमानस्थलमै फर्किएको छ।

आज बिहान ७ बजेर ५९ मिनेटमा उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि ८ बजेर ६ मिनेटमा पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो।

जहाजमा १८ यात्रु थिए भने चालक दलका चार जना थिए।

‘इन्डिकेसन समस्या देखिएपछि जहाज पुन: पोखरा विमानस्थलमै फिर्ता गरिएको हो,’ पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले सेतोपाटीसँग भने, ‘दायाँ इन्जिन अफ गरेर विमान सकुशल विमानस्थलमा अवतरण गरिएको छ।’