चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत हेर्ने सचिव वाङ छुङछेङ नेपालमा

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत हेर्ने सचिव वाङ छुङछेङ नेपालमा

कहिरन

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत हेर्ने सचिव वाङ छुङछेङ नेपाल आएका छन्।

सचिव छुङछेङसहित १२ सदस्यीय टोली बुधबार बिहान ११:३५ बजे सिचुवान एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

सचिव छुङछेङसहितको टोलीलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छन्।

चिनियाँ टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

साथै उनी शुक्रबार पोखरा जानेछन्। त्यहाँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

पाँच दिने नेपाल भ्रमण सकेर उनी आइतबार स्वदेश फर्किनेछन्।