इजरायली हमलाका कारण गाजापट्टी बालबालिकाको चिहान बन्दै : राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस

इजरायली हमलाका कारण गाजापट्टी बालबालिकाको चिहान बन्दै : राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस

कहिरन

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीमा भइरहेको इजरायली हमलाका कारण उक्त क्षेत्र बालबालिकाको चिहान बन्दै गएको बताउनुभएको हो ।

मानवीय दृष्टीकोणले युद्धविराम अति जरुरी भन्दै गुटरेसले गाजापट्टीमा इजरायली हवाइ आक्रमणले पछिल्लो समय भयानक रुपमा सर्वसाधारणको हत्या भइरहेको बताउनु भएको हो ।

मानवीय युद्धविरामका लागि विश्वका कयौं मुलुकहरुले गरेको अपील इजरायलले अस्वीकार गर्दै आएको छ ।

इजरायलले गाजापट्टीमा हमासको अखडामा हवाइ र स्थलगत आक्रमण जारी राख्दा अहिलेसम्म १० हजार बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।

मारिनेमा ४ हजार १ सयभन्दा बढी बालबालिका रहेको हमास संचालित स्वास्थ्य मन्त्रालयको दावी छ ।