सर्वोच्चले उल्टाइदियो सरकारले रिगललाई दिएको माफी

सर्वोच्चले उल्टाइदियो सरकारले रिगललाई दिएको माफी

कहिरन

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ ।

 

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो ।

 

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवसर्वोच्चले उल्टाइदियो सरकारले रिगललाई दिएको माफीडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।

 

चेतनको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई संविधान दिवसको अवसरमा सरकारले बाँकी कैद माफी दिएपछि जेलबाट छुटेका थिए ।

 

उक्त निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।