टी–ट्वेन्टी विश्वकप छनोट : नेपाल ओमानसँग भिड्दै

टी–ट्वेन्टी विश्वकप छनोट : नेपाल ओमानसँग भिड्दै

कहिरन

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट खेलमा अहिले नेपालले ओमानसँग सामना गरिरहेको छ ।

खेल जित्न नेपालले १ सय ४६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको हो ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ३२ रन बनाए । बलीङतर्फ नेपालका करण केसीले तिन विकेट लिए ।

जवाफमा १४६ रनको लक्ष्य पछ्याएर नेपालले आफ्नो व्याटिङ गरिरहेको छ । समुह ए बाट नेपाल र ओमन सेमिफाइनलमा पुगसिकेकोले आजको खेल जित्ने टोलीले समुह विजेता बन्दै अर्को समुहको उपविजेतासँग खेल्नेछ ।