भारतमा दुई रेल एक आपसमा ठोक्किँदा ९ जनाको मृत्यु

भारतमा दुई रेल एक आपसमा ठोक्किँदा ९ जनाको मृत्यु

कहिरन

एजेन्सी । भारतको आन्द्र प्रदेशमा दुई वटा रेल आपसमा ठोकिएर भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४० जना घाइते भएका छन् । आन्द्र प्रदेशको विजयनगर जिल्लामा बिशाखापटनम पलासा रेल अर्को यात्रु बाहक रेलसंग ठोकिएर दुर्घटना भएको हो ।

रेलको लिक ट्रया्क बाहिर गई विपरित दिशाबाट आइरहेको रेल संग ठोकिएको हो । दुर्घटनाका कारण रेलको तीन वटा डब्बा क्षतिग्रस्त भएको छ ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ ।