महासचिव एन्टोनियो गुटेरेस स्याङ्बोचे जाँदै

महासचिव एन्टोनियो गुटेरेस स्याङ्बोचे जाँदै

कहिरन

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमवार उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्दै हुनुहुन्छ ।

हिजो राजनीतिक भेटघाटमा व्यस्त रहनुभएका गुटेरेसले आज हिमाली क्षेत्रको अवलोकन गर्न लाग्नुभएको हो ।

जलवायु परिवर्तनको असरबारे स्थलगत अवलोकन गर्न उहाँ सोलुखुम्बुको स्याङ्बोचे जाँदै हुनुहुन्छ । त्यहाँ उहाँले स्थानीय बासिन्दासँग पनि छलफल गर्ने कार्यक्रम छ ।

सोलुखुम्बुबाट काठमाडौं फर्केर गुटेरेस ललितपुरस्थित यू.एन हाउसको कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँ आजै पोखरा पुग्ने र त्यही बस्ने कार्यक्रम छ ।

भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकन गरेर फर्केपछि पोखराको पुरानो विमानस्थलमा उहाँले पत्रकार सम्मेलन गर्नुहुनेछ । त्यसपछि गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नुहुनेछ ।

लुम्बिनीबाट काठमाडौं फर्केर भोलि दिउसो चार बजे उहाँले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि संसद् परिसरमै पत्रकार सम्मेलन आयोजना गरिनेछ ।

कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ । उहाँ नेपालबाट बेलायतको राजधानी लन्डन प्रस्थान गर्ने राष्ट्रसंघले जनाएको छ ।