सांसदको फोटोलाई पोष्टर बनाएर प्रश्न- ‘बाटो कहिले बन्छ?’

सांसदको फोटोलाई पोष्टर बनाएर प्रश्न- ‘बाटो कहिले बन्छ?’


सुर्खेत । दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीलाई पश्चिम सुर्खेतका नागरिकले तस्वीरसहितको पोष्टर टासेर प्रश्न गरेका छन् ।

‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ?’ सांसद शाहीको फोटोलाई पोष्टर बनाएर प्रश्न गरिएको छ ।

सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको लामो समय भइसक्दा समेत बन्न नसकेपछि शाहीको व्यापक आलोचना हुन थालेको हो ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । शाहीले भने पोष्टर टाँसिएको बारे आफुलाई जानकारी नभएको बताएका छन् ।