प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान

प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान


काठमाडौँ । प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठ आज चीन प्रस्थान गरेका छन् । चीनको सर्वोच्च जनअदालतका प्रधानन्यायधीशको निमन्त्रणमा श्रेष्ठ नेतृत्वको टोली ७ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेको हो ।

भ्रमणका क्रममा प्रधानन्यायधीश श्रेष्ठले कात्तिक १५ देखि १७ गतेसम्म चीनको सर्वोच्च अदालतको अवलोकन गर्ने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिइन् । भ्रमण दलले चाइनाका प्रधानन्यायधीश तथा अदालतका उच्चअधिकारीहरुसँग औपचारीक भेटघाट गर्नेछ ।

भ्रमण टोली चाइना ल सोसाइटीको आयोजनामा चीनको छिन्जियाङमा कात्तिक १२ देखि १४ गतेसम्म हुने सेन्ट्रल एसिया एण्ड साउथ एसिया लिगल फोरमको कार्यक्रममा पनि सहभागी हुनेछन् ।

भ्रमण दलमा प्रधानन्यायधीश श्रेष्ठसहित उनकी श्रीमती रोशनी अमात्य श्रेष्ठ, सर्वोच्चका न्यायधीश डा. आनन्दमोहन भट्टराई र उनकी श्रीमती पुष्पा भट्टराई, सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँबर र शाखा अधिकृत नवीनकुमार यादव सहभागी छन् ।

भ्रमण टोली कात्तिक १७ गते स्वदेश फर्कनेछन् ।