टी–२० विश्वकप छनोटका लागि नेपाली टीमको घोषणा

टी–२० विश्वकप छनोटका लागि नेपाली टीमको घोषणा


काठमाडौँ । घरेलु मैदानमा हुने टी–२० विश्वकप क्वालिफायरका लागि नेपाली टीमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरको हो ।

विश्वकप छनोट टीममा यसअघि त्रिकोणत्मक टी–ट्वेन्टी सिरिज नखेलेका स्पिनर सन्दीप लामिछाने पनि समेटिएका छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक सिरिज खेलेका थिएनन् । नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन ।

अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन् । त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल बाहिरिएका छन् ।

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गतेसम्म मुलपानी र त्रिवि क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् ।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउनेछन् ।