टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा

टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा

कहिरन

काठमाडौँ । यस वर्ष बडादसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

घटस्थापनादेखि पूजा गरिएकी देवीलाई बिहान १०.३७ बजे विसर्जन गरी ११.०२ को साइतमा टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।