राष्ट्रपतिले दसैंमा टीका लगाइदिने

राष्ट्रपतिले दसैंमा टीका लगाइदिने

कहिरन

विजयादशमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका लगाइने भएका छन्।

उनले असोज ७ गते मंगलबार राष्ट्रपति कार्यालयमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म विशिष्ट र ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका–प्रसाद प्रदान गर्ने भएका हुन्।

 

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिकएको छ, ‘विजयादशमीको दिन राष्ट्रपति निवासमा राष्ट्रपति पौडेलको हातबाट टीका लगाउन चाहने सम्माननीयहरू, माननीय उपप्रधानमन्त्री एवं मन्त्रीज्यूहरू, व्यवस्थापिका–संसदका माननीय सदस्य, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुख एवं २ः०० देखि ३ः०० बजेसम्म  टीका–प्रसाद ग्रहण गर्ने र सर्वसाधारणका लागि ३ः०० देखि ५ः०० बजेसम्म टीका–प्रसाद गर्ने कार्यक्रम निर्धारण गरिएको छ।’

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणलाई राष्ट्रपति निवासमा टीका–प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा १ नं प्रवेशद्वारबाट आउन भनिएको छ।