भारतले दियो परिमाण तोकेर नेपालको लागि चामल निर्यातको अनुमति

भारतले दियो परिमाण तोकेर नेपालको लागि चामल निर्यातको अनुमति

भीम विश्वकर्मा

काठमाडौं । भारतले तीन महिनापछि परिमाण तोकेर नेपालको लागि चामल निर्यात फुकुवा गरेको छ । दशैँ सुरु भएपछि भारतको वाणिज्य विभागले आज जारी गरेको सूचनामा ९५ हजार मेट्रिक टन चामल निर्यातको अनुमति दिइएको उल्लेख गरिएको छ ।

खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रणको प्रयास भन्दै भारतले गत साउनको पहिलो साता बासमती बाहेकका चामलको निर्यातमा रोक लगाएको थियो । भारतले चामल निर्यातमा रोक लगाएसँगै नेपालमा चामलको मूल्य बढ्न पुगेको थियो ।

नेपालले भारतबाट ठूलो परिमाणमा धान चामल आयात गर्दै आएको छ । भारतले नेपाल सहित क्यामरुन, आइभरी कोस्ट, मलेशिया, फिलिपिन्स लगायत देशका लागि कोटा तोकेर चामल निर्यात फुकुवा गरेको जनाएको छ ।