कोशी  प्रदेश मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैं

कोशी  प्रदेश मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैं

कहिरन

आज  कोशी  प्रदेश सभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदै हनुहुन्छ । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज कात्तिक १ गते बिहान ११ बजे बिराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बस्ने गरी बोलाइएको हो ।  माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति सत्ता गठबन्धनमा भएता पनि कांग्रेस नेता डा. शेखर कोइराला पक्षका  नेपाली कांग्रेस कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरी  एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसद सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उहाँ गत शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

संविधानको धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्री बन्नु भएको हो । एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीलाई  सत्ता गठबन्धनमा आबद्ध

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ ।  एमालेका ३९ र कांग्रेसका ८ जनाको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीलाई पछि केन्द्रीय सत्ता गठबन्धमा रहेका दलहरुले गठबन्धनकै मुख्यमन्त्रीका रुपमा स्वीकार गरेपछि उहाँलाई बिश्वासको मत पाउन सहज हुने बताइएको छ । नेकपा (माओवादी केन्द्र) ले पनि विश्वासको मत दिने जनाएको छ । प्रदेशसभामा मतदानका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु भने तटस्थ बस्ने भएको छ ।