राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुन नहुने : रवि लामिछाने

राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुन नहुने : रवि लामिछाने

कहिरन

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुन  नहुने बताएको छ ।

सोमवारबाट काठमाडौंको नेपाल पर्यटन बोर्डको सभाहलमा  शुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताए ।

सभापति लामिछानेले राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताए । उनले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिले काहीं विषय केन्द्रित कटाक्ष गरेपनि मुलुकको परिवर्तनमा उनीहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना नरहेको बताए  । उनले परिवर्तनमलाई अवमूल्यन गर्ने ध्येय आफूहरुको नरहेको पनि बताए ।

सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताए  । उनले पुराना राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताए  । उनले देशले व्यवस्था बदलेको भएपनि राजनीतिक दल भित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताए  ।