इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुनेछ : जो बाइडेन

इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुनेछ : जो बाइडेन

भीम विश्वकर्मा

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनी इस्लामिक समूह हमासलाई पूर्णरुपमा मेटाउनुपर्ने बताएका छन् । उनलाई हमासलाई मेटाएर प्यालेस्टाइनका लागि मार्गप्रसस्त गर्नुपर्ने बताएका हुन् ।

अमेरिकी टेलिभिजन सीबीएससँगको एक घण्टा लामो कुराकानीमा राष्ट्रपति बाइडेनले इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुने पनि बताए । उनले हमासले सबै प्यालेस्टिनी जनताको प्रतिनिधित्व नगर्ने भन्दै गाजालाई पुनः कब्जा गर्नु नभई गाजाभित्र गएर अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम भएको बताए ।

यस्तै राष्ट्रपति बाइडेनले हमासलाई सहयोग गरिरहेका इरान र लेबनानी इस्लामिक समूह हिजबुल्लाहलाई द्वन्द्व नबढाउन चेतावनीसमेत दिए । हमासको आक्रमणमा इजरायलमा ३० अमेरिकी नागरिक मारिएका छन् । १३ जना घाइते भएका छन् । राष्ट्रपति बाइडेनले केही अमेरिकीलाई हमासले बन्धक बनाएको र उनीहरुको उद्धारका लागि प्रयास भइरहेको बताए ।

यसैबीच इजरायलको आक्रमणमा प्यालेस्टाइनमा २ हजार ४ सय ५० जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी मानिस भत्किएका घरहरुमा बेपत्ता छन् । इजरायलमा हमासले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या १४ सय नाघेको छ ।