आजदेखि नयाँ नोट साट्न पाइने, कहाँ–कहाँ पाइन्छ?

आजदेखि नयाँ नोट साट्न पाइने, कहाँ–कहाँ पाइन्छ?

भीम विश्वकर्मा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि दशैैंका लागि नयाँ नोट सतही सुविधा दिने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो ।

बिगतका वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन् ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकहरूका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले सुचना जारी गर्दै जनाएको छ ।