कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

भीम विश्वकर्मा

काठमार्डौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । कांग्रेसका कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित प्रदेश प्रमुखको कार्यालयमा भेला भएर सनाखत गरेपछि खापुङले संविधानको धारा १ सय ६८ को उपधारा ५ बमोजिम कायर्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीको पद तथा गोपनियताको शपथ भने भोलि हुनेछ ।

विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका छन् । यससँगै कोशी प्रदेशको सत्ता समीकरण फेरिएको छ । एमालेको सहयोगमा कांग्रेसका सांसद कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै त्यहाँको सत्ता समीकरण फेरिएको हो ।

एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिनुपर्ने दिन मत लिन सक्ने अवस्था नरहेपछि राजीनामा दिएका थिए ।