गाँजामा गम्भिर मानवीय संकटको चेतावनी

गाँजामा गम्भिर मानवीय संकटको चेतावनी

भीम विश्वकर्मा

एजेन्सी । संयुक्त राष्ट्रसंघले गाँजामा डरलाग्दो मानवीय अवस्थाको चेतावनी दिएको छ । इजरायली सेनाले उत्तरी गाँजाका करिब ११ लाख मानिसहरूलाई शहर छाड्न २४ घण्टे अल्टिमेटम दिएसंगै संयुक्त राष्ट्रसंघले गाँजामा गम्भिर मानबिय संकटको चेतावनी दिएको हो ।

सेनाले गाँजामा ठूलो आक्रमणको चेतावनी दिँदै सर्बसाधरण उक्त स्थान छाड्न भनेसंगै इजरायली सेनाहरु ट्याङ्कसहित गाँजातर्फ अघि बढिरहेका छन् । पश्चिमी राष्ट्रको समर्थन मिलेसंगै इजरायलले गाँजा पट्टीमा थप आक्रमण पनि जारी राखेको छ ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रको राहत कार्य एजेन्सी युएनवारका आयुक्त–जनरल फिलिप लाजारिनीले गाँजा चाँडै नरकको रुपमा परिणत हुन लागेको र अब पतनको बाटोमा पुगेको उल्लेख गरेका छन् ।

दक्षिणी गाँजातर्फ ११ लाख मानिसको आवतजावतको अर्थ हरेक घण्टा त्यहाँबाट ४० हजार मानिस शहरबाट बाहिरिनुपर्नेछ । जुन असम्भब रहेको संयुक्त राष्ट्रले भनेको छ ।