लघुवित्तविरुद्ध ऋणीद्वारा सिंहदरबार घेराउ

लघुवित्तविरुद्ध ऋणीद्वारा सिंहदरबार घेराउ

कहिरन समाचार

काठमाडौं । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राख्दै विरोध जुलुस सहित सिंहदरबार घेराउ गरेको छ ।

लघुवित्त वित्तीय संस्थाहरूले गरिब जनताहरूलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै उनीहरुले आइतबार माइतीघर मण्डलाबाट जुलुस सहित थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगी कोणसभा गरेका हुन् ।

उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गरेका छन् ।

आफूहरूको मागप्रति राज्य गम्भीर नभएका कारण राजधानी केन्द्रित आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।