साइकल चालकलाई मुक्का हान्ने एक जना पक्राउ, दुई जना फरार

साइकल चालकलाई मुक्का हान्ने एक जना पक्राउ, दुई जना फरार

कहिरन समाचार

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका-६ बस्ने साइकल चालक पवन शाहमाथि कुटपिट गर्ने आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार राति साढे १० बजेतिर विराटनगरको कोशी राजमार्गमा विपरीत दिशाबाट गएको बा.१५. च ३४४५ नम्बरको कारबाट ओर्लेर आयुष भेटवाल, कुशल भेटवाल र रोशन कार्कीले मुक्का प्रहार गरी लडाई घिसारी घाइते बनाएका थिए ।

आयुषलाई २१ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । १९ वर्षीय आयुषलाई ज्यान मार्ने उद्योगमा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको नेपाल प्रहरीले जनाएको छ । १८ वर्षीय कुशल भेटुवाल र ३० वर्षीय रोशन कार्की भने फरार रहेका छन् । उनीहरुलाई खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।