सरकार र विद्यालय कर्मचारीबीच तलबमान कायम गराउने सहमति

सरकार र विद्यालय कर्मचारीबीच तलबमान कायम गराउने सहमति

कहिरन समाचार

काठमाडौं । आन्दोलनरत विद्यालय कर्मचारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच तलबमान कायम गराउने सहमति भएको छ ।

दुइपक्षिय वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई सङ्घीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए ।

ऐन निर्माणका लागि सरकारले संघिय संसद्को यही अधिवेशनमा पेस गर्ने र ऐनमै तलबमान उल्लेख गर्ने सहमति भएको उनले बताए । तलबमान तय गर्दा लेखापाललाई खरिदार सरह र कार्यालय सहायकलाई श्रेणीविहीन सरहको सुविधा उल्लेख गर्ने सहमति भएको र उक्त सहमतिको प्रतिवेदन वार्ता समितिले शिक्षामन्त्री अशोककुमार राईलाई आजै बुझाउने छ ।

सेवा सुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले माइतीघरमा एक महिनादेखि रिले अनशन र वार्ता कार्य जारी राखेका थिए ।